हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

एजेन्सी। बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउँसो करीव १२ः५४ मा हेलिकप्टर […]

Mar 26, 2025 - 08:27
 0
हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

एजेन्सी।

बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउँसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलो बुधबार मध्यान्नसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको एक जना वेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोेकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका वस्ती जोखिममा परिरहेका छन् ।

गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकप्टर पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register