तामाङ समुदायको धर्म, संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय पर्व मञ्जुश्री सम्वत् २८६१औं डुल (सा पुख्री) सोनाम ल्होछारको अवसरमा शङ्खरापुर नगरपालिका-४, रैलेमा सोनाम ल्होछार मूल आयोजक समितिले शुभकामना आदान-प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । […]

Feb 10, 2025 - 09:09
 0
तामाङ समुदायको धर्म, संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय पर्व मञ्जुश्री सम्वत् २८६१औं डुल (सा पुख्री) सोनाम ल्होछारको अवसरमा शङ्खरापुर नगरपालिका-४, रैलेमा सोनाम ल्होछार मूल आयोजक समितिले शुभकामना आदान-प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, “नेपालको विविधता नै हाम्रो विविध सांस्कृतिक पहिचान हो । तामाङ समुदायको यो सांस्कृतिक पर्वले सामाजिक एकता र सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।”

उनले काठमाडौं उपत्यकासहित देशभरका तामाङ समुदायलाई सोनाम ल्होछारको शुभकामना दिँदै मन्त्रालयले समुदायहरूको पहिचान झल्किने संरचनाहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्कृतिविद्, कलाकार तथा समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

आजदेखि दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, स्थानीय तथा स्थापित कलाकारका गित सङ्गीतका साथै परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register