विपक्षी दललाई ओलीले भने : एउटा हटाएर अर्को नियुक्त गर्‍यौँ, यही हो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै आफूले जवाफ दिइरहनुनपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले यस्तो बताएका हुन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले भने, “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति […]

Mar 26, 2025 - 10:17
 0
विपक्षी दललाई ओलीले भने : एउटा हटाएर अर्को नियुक्त गर्‍यौँ, यही हो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै आफूले जवाफ दिइरहनुनपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले भने, “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।”

यता, घिसिङलाई किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे ।

विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register