एलिनाको सम्बन्धविच्छेदबारे समीक्षा, ‘आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गर्नुभयो’

काठमाडौं । गायिका समीक्षा अधिकारीले एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी साबित गरेको भन्दै प्रशंसा गरेकी छन्। गायिका एलिना चौहानले  पति विष्णु सापकोटासँग मङ्गलबार सम्बन्ध विच्छेद गरेपछि गायीका अधिकारीले फेसबुकमा लामो स्टाटस लेख्दै एलिनाको प्रंशशा गरेकी हुन् । ‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय […]

Feb 11, 2025 - 16:33
 0
एलिनाको सम्बन्धविच्छेदबारे समीक्षा, ‘आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गर्नुभयो’

काठमाडौं । गायिका समीक्षा अधिकारीले एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी साबित गरेको भन्दै प्रशंसा गरेकी छन्।

गायिका एलिना चौहानले  पति विष्णु सापकोटासँग मङ्गलबार सम्बन्ध विच्छेद गरेपछि गायीका अधिकारीले फेसबुकमा लामो स्टाटस लेख्दै एलिनाको प्रंशशा गरेकी हुन् ।

‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो।’ समिक्षाले फेसबुकमा लेखेकी छन्, ‘हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो ।’

‘आज हिंसा र यातनाविरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रूपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु, समीक्षाले भनेकी छन् ।’

एलिनाले श्रीमान् सापकोटासँग सँगै बस्ने अवस्था नरहेको उल्लेख गर्दै  दिएको निवेदनअनुसार काठमाडौं जिल्ला अदालतले मंगलबार उनीहरुको सम्बन्ध विच्छेद गरिदिएको हो।

हेर्नुहोस् समीक्षाको फेसबुक स्टाटस 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register