‘कुलमानबारे चित्तबुझ्दो जवाफ नपाए आन्दोलन गर्छौं’- प्रचण्ड 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुलमान घिसिङबारे चित्तबुझ्दो जवाफ नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । संघीय संसदमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।  उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णयबारे प्रधानमन्त्रीसँग जवाफ मागेको जानकारी गराएका छन् ।  तर, कुलमानबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ चित्त नबुझे वा जवाफ […]

Mar 26, 2025 - 10:14
 0
‘कुलमानबारे चित्तबुझ्दो जवाफ नपाए आन्दोलन गर्छौं’- प्रचण्ड 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुलमान घिसिङबारे चित्तबुझ्दो जवाफ नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । संघीय संसदमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् । 

उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णयबारे प्रधानमन्त्रीसँग जवाफ मागेको जानकारी गराएका छन् । 

तर, कुलमानबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ चित्त नबुझे वा जवाफ जालझेलपूर्ण तरिकाले आए आन्दोलन अघि बढाउने प्रचण्डले घोषणा गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा कुलमानलाई प्राधिकरणबाट हटाउनुको कारण माग्दै माओवादीसहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक नै स्थगित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register