बैंकिङ कसूरका नौ वटा मुद्दा दर्ता भई फरार रहेका तामाङ पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला नुवाकोट, ककनी गाउँपालिका वडा न ०४ घर भई हाल काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा न ०६ रामकोट बस्ने ३६ वर्षीय बिराज तामाङ रहेका छन् । तामाङ विरुद्ध इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरी दिएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको […]

Mar 27, 2025 - 06:50
 0
बैंकिङ कसूरका नौ वटा मुद्दा दर्ता भई फरार रहेका तामाङ पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला नुवाकोट, ककनी गाउँपालिका वडा न ०४ घर भई हाल काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा न ०६ रामकोट बस्ने ३६ वर्षीय बिराज तामाङ रहेका छन् ।

तामाङ विरुद्ध इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरी दिएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत्र १२ गते काठमाडौँ महानगरपालिका वडा नं १० नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

साथै, पक्राउ प्रतिवादी बिराज तामाङको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register