बैङ्गलोरले चेपकमा १७ वर्षपछि तोड्ला चेन्नईको किल्ला ?

काठमाडौं । आईपीएल (IPL) २०२५ को आठौं खेल चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्गलोर बीच खेल हुँदैछ । खेल चेन्नईको एमए चिदम्बर स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा चेन्नईलाई हराउन आरसीबीका लागि ठूलो चुनौती हुनेछ । आरसीबीले चेन्नईसँग खेल्दा चेपकमा जितको लागि १७ वर्षको प्रतीक्षा समाप्त गर्ने लक्ष्य राख्नेछ। आरसीबीले […]

Mar 28, 2025 - 06:04
 0
बैङ्गलोरले चेपकमा १७ वर्षपछि तोड्ला चेन्नईको किल्ला ?

काठमाडौं । आईपीएल (IPL) २०२५ को आठौं खेल चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्गलोर बीच खेल हुँदैछ ।

खेल चेन्नईको एमए चिदम्बर स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा चेन्नईलाई हराउन आरसीबीका लागि ठूलो चुनौती हुनेछ ।

आरसीबीले चेन्नईसँग खेल्दा चेपकमा जितको लागि १७ वर्षको प्रतीक्षा समाप्त गर्ने लक्ष्य राख्नेछ। आरसीबीले चेपकमा चेन्नईलाई एक पटक मात्र हराएको छ र त्यो पनि सन् २००८ मा प्रतियोगिताको पहिलो सिजनमा ।

​​हालको आरसीबी टोलीमा केवल स्टार ब्याट्सम्यान विराट कोहली त्यो खेलको हिस्सा थिए र अब उनी दोस्रो पटक चेन्नईको किल्ला तोड्न चाहन्छन्।

जारी सिजनमा दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । आरसीबीले पहिलो खेलमा केकेआरलाई हराएको छ । यसैबीच चेन्नईले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

चेपकमा स्पीनरहरू सधैं उत्कृष्ट देखिन्छन् । पछिल्लो खेलमा नूर अहमदले मुम्बईविरुद्ध चार विकेट लिएका थिए ।

चेन्नई पाँचपटकको उपाधि विजेता

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने टोलीमध्येको एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक उपाधि कुम्ल्याउन सकेको छ ।

चेन्नईले सबैभन्दा पहिले सन् २०१० मा उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो ।

यसैगरी, सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा भने चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।

बैङ्गलोर पहिलो उपाधिको खोजीमा

बैङ्गलोरले आईपीएलमा सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बैङ्गलोरले हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बैङ्गलोर आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ ।

बैङ्गलोर सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बैङ्गलोरलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बैङ्गलोरलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बैङ्गलोरको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।

पिच रिपोर्ट

यो पिचमा ब्याटिङ गर्नु निकै चुनौतीपूर्ण छ । जसका कारण ब्याट्सम्यानले बाउन्ड्री प्रहार गर्न धेरै सङ्घर्ष गर्नुपर्छ ।

एम चिदम्बरम रङ्गशाला मैदानमा जम्मा ७८ आईपीएल खेल खेलिएका छन्, जसमध्ये पहिला ब्याटिङ गर्ने टोलीले ४६ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले ३२ खेल जितेको छ ।

यसैबीच आईपीएलमा सीएसके र आरसीबीबीच अहिलेसम्म कुल ३३ खेल खेलिएका छन्, जसमध्ये चेन्नईले २१ खेल जितेको छ भने आरसीबीको टोलीले ११ खेल जितेको छ । जबकि एउटा खेल अनिर्णीत रह्यो ।

चेन्नईको मौसम अवस्था

शुक्रबार चेन्नईमा बादल लाग्नेछ । अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस हुने सम्भावना छ । १० प्रतिशत पानी पर्ने सम्भावना छ । हावा प्रतिघण्टा २१ किलोमिटरको गतिमा चल्नेछ । यद्यपि, खेलको समयमा पानी पर्ने सम्भावना छैन ।

चेन्नई

रुतुराज गायकवाड (कप्तान), महेन्द्र सिंह धोनी, रवीन्द्र जडेजा, शिवम दुबे, मथिशा पाथिराना, नूर अहमद, रविचन्द्रन आश्विन, डेभोन कोनवे, खलील अहमद, रचिन रवीन्द्र, राहुल त्रिपाठी, विजय शङ्कर, साम कुरान, अङ्शुल कम्बोज, मुकेश चौधरी, दीपक हुड्डा, गुर्जपनीत सिंह, नाथन एलिस, जेमी ओभरटन, कमलेश नगरकोटी, रामकृष्णन घोष, श्रेयस गोपाल, वंश बेदी, आन्द्रे सिद्धार्थ ।

आरसीबी

टोली: रजत पाटीदार (कप्तान), विराट कोहली, यश दयाल, जोश हेजलवुड, फिल साल्ट, जितेश शर्मा, लियाम लिभिङस्टोन, रसिक सलाम, सुयश शर्मा, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, स्वप्निल सिंह, टिम डेभिड, रोमारियो शेफर्ड, नुवान तुषारा, मनोज भण्डागे, ज्याकब बेथेल, देवदत्त पडिक्कल, स्वस्तिक चिकारा, लुंगी न्गीडी, अभिनन्दन सिंह, मोहित राठी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register