रवीन्द्र मिश्रसँग अदालतले माग्यो तीन लाख धरौटी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने प्रकरणका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटी मागेकाे छ । मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे । राजावादीहरूले गत १५ चैतमा तीनकुनेमा गरको आन्दोलनमा हिंसा तथा तोडफोड भएको थियो । यसपछि मिश्रलगायतलाई राज्यविरुद्धको कसुर, अपराधिक […]

Jun 17, 2025 - 13:13
 0
रवीन्द्र मिश्रसँग अदालतले माग्यो तीन लाख धरौटी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने प्रकरणका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटी मागेकाे छ । मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे ।

राजावादीहरूले गत १५ चैतमा तीनकुनेमा गरको आन्दोलनमा हिंसा तथा तोडफोड भएको थियो । यसपछि मिश्रलगायतलाई राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ ।

यसअघि थुनामा रहेका मिश्र जेठ २ मा हाजिरी जमानीमा रिहा भएका थिए । यसपछि उनी मंगलबार आदालतमा उपस्थित भएका हुन् ।

सोही घटनाका आरोपी राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई पनि सोमबार काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी मागेको थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register