ट्राफिक स्ट्याण्डमा उभिँदै रवीन्द्रले भने – आन्दोलन रोकिएको छैन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको निर्देशन समितिका सदस्य तथा राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले आन्दोलन नरोकिने बताएका छन् । राजावादीहरु उग्र भएर विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरिरहेको बेलामा मिश्रले यस्तो बताएका हुन् । तीनकुनेस्थित ट्राफिक स्ट्याण्डबाट उनले भने, “आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ । कुनैपनि […]

Mar 28, 2025 - 10:43
 0
ट्राफिक स्ट्याण्डमा उभिँदै रवीन्द्रले भने – आन्दोलन रोकिएको छैन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको निर्देशन समितिका सदस्य तथा राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले आन्दोलन नरोकिने बताएका छन् ।

राजावादीहरु उग्र भएर विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरिरहेको बेलामा मिश्रले यस्तो बताएका हुन् ।

तीनकुनेस्थित ट्राफिक स्ट्याण्डबाट उनले भने, “आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ । कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु । ”

उनले प्रदर्शनकारीलाई कार्यक्रमस्थलमा फर्किन आग्रह गरेकोजस्तो पनि देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register