राजावादी प्रदर्शनकारीलाई हिंसात्मक गतिविधि बन्द गर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादी समर्थकहरूलाई हिंसात्मक गतिविधि बन्द गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ । काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको भन्दै आयोगले संयमित हुन आग्रह गरेको हो । प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप […]

Mar 28, 2025 - 12:18
 0
राजावादी प्रदर्शनकारीलाई हिंसात्मक गतिविधि बन्द गर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादी समर्थकहरूलाई हिंसात्मक गतिविधि बन्द गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको भन्दै आयोगले संयमित हुन आग्रह गरेको हो ।

प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगले जनाएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीले अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका छन् । आयोगले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीमाथि सांघातिक आक्रमण भएको जनाएको छ ।

‘अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीहरुबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका छन्,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेको  जनाएको छ ।

आयोगले प्रदर्शनकारीलाई हिंसात्मक गतिविधि बन्द गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ । काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको भन्दै आयोगले संयमित हुन आग्रह गरेको हो ।

प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्याँस प्रहार गरेको देखिएको आयोगको भनाइ छ । यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जान्छ । कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन । अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ आयोगले भनेको छ, ‘साथै, आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरुलाई शान्तिपूर्ण बनाउन, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नजाने असरप्रति संवेदनशील हुन आयोग आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्दछ ।’

आयोगले शुक्रवार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले उपत्यकामा छुट्टाछुट्टै गरेको प्रदर्शन र आमसभाको चारवटा उच्चस्तरीय टोलीहरू बनाई अनुगमन गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register