तोडफोड, लुटपाट, आगजनीको दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन

झापा, १६ चैत । सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आज भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रदर्शनको क्रममा आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुङ्गामुढा गरिएको, राजनीतिक दलका कार्यालय तथा [...] The post तोडफोड, लुटपाट, आगजनीको दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन appeared first on Jhapa Online.

Mar 29, 2025 - 02:52
 0
तोडफोड, लुटपाट, आगजनीको दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन

झापा, १६ चैत । सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले आज भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रदर्शनको क्रममा आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुङ्गामुढा गरिएको, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहमा गरिएको आक्रमण अमानवीय र गैरकानुनी भएको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

सो घटनाको आवश्यक छानबिन गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी सो घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य उपचारको आवश्यक प्रबन्ध मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बताउनुभयो । घटनामा परी निधन भएकाप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

त्यसैगरी सरकारले म्यानमारलाई केन्द्रबिन्दु बनाई म्यानमार र थाइल्याण्डमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

The post तोडफोड, लुटपाट, आगजनीको दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register