पत्रकार सुरेश रजक हत्याको विरोधमा महासंघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी रजकको हत्याको विरोध गर्दै प्रदर्शनमा उत्रिएको हो । यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक […]

Mar 29, 2025 - 04:36
 0
पत्रकार सुरेश रजक हत्याको विरोधमा महासंघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी रजकको हत्याको विरोध गर्दै प्रदर्शनमा उत्रिएको हो ।

यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।

विरोध सभामा सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै फोटो तथा भिडियो पत्रकारहरूले आफ्नो क्यामेरा डाउन गरेर साङ्केतिक विरोध गरेका छन् ।

तस्वीरहरू:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register