सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री चौधरीको राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शनिबार बिहान पत्रकार सम्मेलन गरेर मन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् । ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु, ’ पत्रकार सम्मेलनमा उनले भने । नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह […]

Mar 29, 2025 - 06:25
 0
सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री चौधरीको राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शनिबार बिहान पत्रकार सम्मेलन गरेर मन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् । ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु, ’ पत्रकार सम्मेलनमा उनले भने ।

नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उनले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए ।

गैर कानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन् ।

रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register