कुखुरा आँगनमा पसेको विषयले लियो उग्ररुप : छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते

हेटौँडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् । बुधवार बिहानको समयमा भीमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले हिंसात्मक रूप लिँदा आफ्नै छोराको भरुवा बन्दुकको प्रहारबाट बाबु घाइते भएका हुन् । ५९ वर्षीय कान्छाराम थिङलाई उनका ३५ वर्षीय छोरा इमानसिंह थिङले भरुवा बन्दुकले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले […]

May 1, 2025 - 11:52
 0
कुखुरा आँगनमा पसेको विषयले लियो उग्ररुप : छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते

हेटौँडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् ।

बुधवार बिहानको समयमा भीमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले हिंसात्मक रूप लिँदा आफ्नै छोराको भरुवा बन्दुकको प्रहारबाट बाबु घाइते भएका हुन् ।

५९ वर्षीय कान्छाराम थिङलाई उनका ३५ वर्षीय छोरा इमानसिंह थिङले भरुवा बन्दुकले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले इमानसिंहलाई लाइसेन्स नभएको एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको उनले बताए ।

बाबुको कुखुरा आँगनमा पसेको विषयमा दुईबीच विवाद उत्पन्न भई घटनाले उग्ररुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाबु र छोरा एउटै आँगन रहेको छुट्टाछुट्टै घरमा बस्दै आएका थिए ।

कान्छारामको बायाँ तिघ्रा र दायाँ हातमा छर्रा लागेर सामान्य चोट लागेको बताइएको छ । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छोरा इमानसिंह भने पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको कमान्डमा टोली खटाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register