काङ्ग्रेसका प्रमुख सचेतकले अब सरकार अध्यादेशबाट नै चलाउने हो भनेपछि…

काठमाडौं । सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । बैठकमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशबाट सरकार चलाउने अभिव्यक्ति दिएका छन् । यसबारे बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् । बैठकमा अध्यादेशको विषयमा छलफल भइरहँदा घिमिरेले ‘अब त सरकार अध्यादेशबाट नै चलाउने हो’ भनेका हुन् । पाण्डेले त्यसबारे भने – बैठकमा […]

Jan 28, 2025 - 07:27
 0
काङ्ग्रेसका प्रमुख सचेतकले अब सरकार अध्यादेशबाट नै चलाउने हो भनेपछि…

काठमाडौं । सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

बैठकमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशबाट सरकार चलाउने अभिव्यक्ति दिएका छन् ।

यसबारे बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् । बैठकमा अध्यादेशको विषयमा छलफल भइरहँदा घिमिरेले ‘अब त सरकार अध्यादेशबाट नै चलाउने हो’ भनेका हुन् ।

पाण्डेले त्यसबारे भने – बैठकमा हामीले अध्यादेशको बारेमा प्रश्न गरेको थियौँ । मन्त्रीज्युले आवश्यकताअनुसार अध्यादेश ल्याएको भन्नुभयो । उहाँ पूरा समय बैठकमा बस्नुभएन । तर, सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतकले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । लगत्तै मैले प्रतिप्रश्न गरेँ – यसभन्दा अगाडि सदन विघटन भएकै हो । अहिले ६ वटा अध्यादेश आएकै छ । थोरै समयमा किन यति धेरै आयो ? भनेपछि उहाँले सदन नचलेपछि त अध्यादेश नै त ल्याउने हो भन्नुभयो ।

उनले संसद् बैठकमा यसबारे गम्भीर छलफल गर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register