‘हेर्न नमिल्ने’मा कुलमानको रिट : अर्को पेसी कहिले ?

काठमाडौं । अन्तरिम आदेश दिने/नदिने विषयमा आइतबार सर्वोच्च अदालतमा पेसी चढेको कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको घिसिङको रिट हेर्न नमिल्नेमा परेको हो । आइतबार रिट हेर्न नमिल्नेमा परेसँगै अब सुनुवाइको लागि अर्को पेसी कुन मितिमा तोकिन्छ भन्ने टुङ्गो लागेको छैन […]

Mar 30, 2025 - 08:04
 0
‘हेर्न नमिल्ने’मा कुलमानको रिट : अर्को पेसी कहिले ?

काठमाडौं । अन्तरिम आदेश दिने/नदिने विषयमा आइतबार सर्वोच्च अदालतमा पेसी चढेको कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको घिसिङको रिट हेर्न नमिल्नेमा परेको हो ।

आइतबार रिट हेर्न नमिल्नेमा परेसँगै अब सुनुवाइको लागि अर्को पेसी कुन मितिमा तोकिन्छ भन्ने टुङ्गो लागेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेले मिसिल फाँटमा आएपछि अर्को पेसी कहिले तोकिने टुङ्गो लाग्ने बताउँछन् । “सम्माननीयज्यु सहितको इजलासमा थियो । त्यहाँ हेर्न नमिल्ने भयो,” कुइँकेलले भने, “अब अर्को पेसी कहिले तोकिने भनेर चाहिँ फाँटका आएपछि मात्र थाहा हुन्छ । मिसिल फाँटका आएपछि पेसीको मिति तोकिन्छ ।”

गत  शुक्रबार न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।

कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको रिट निवेदनमा उनको  जिकिर गरेका छन् ।

यता, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पनि हेर्न नमिल्नेमा परेको छ । शाक्यले आफू पनि यसअघि घिसिङझैँ पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register