संघीय अस्पतालका आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा जम्मा हुने

संघीय अस्पतालले आम्दानीको १ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा दाखिला गर्नुपर्ने भएको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले यस्तो निर्णय गरेका हुन् । मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।  ‘स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो’, मन्त्री पौडेलले भने, ‘हामीले […]

Mar 30, 2025 - 08:04
 0
संघीय अस्पतालका आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा जम्मा हुने

संघीय अस्पतालले आम्दानीको १ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा दाखिला गर्नुपर्ने भएको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले यस्तो निर्णय गरेका हुन् ।

मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।  ‘स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो’, मन्त्री पौडेलले भने, ‘हामीले यस कोष बलियो पार्नका लागि सानो विन्दुबाट सुधार थालेका हौँ।’

मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताए । स्वास्थ्य बिमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register