आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानूनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सम्बोधन गरेको बताएका छन् । “हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून […]

Jan 11, 2025 - 08:39
 0
आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानूनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सम्बोधन गरेको बताएका छन् ।

“हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिज्यूसमक्ष सिफारिस गरिएको छ । यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register