प्रतिबन्धपछि फर्किएका हार्दिक पाण्डेयलाई जरिवाना

काठमाडौं । आईपीएल (IPL) मा गुजरात टाइटन्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स शनिबार नरेन्द्र मोदी रङ्गशालामा टाइटन्ससँग ३६ रनले हारेको थियो । यस सिजनमा यो हार्दिकको पहिलो खेल थियो र उनी सोही खेलमा जरिवानामा परेका हुन् । गत […]

Mar 30, 2025 - 08:57
 0
प्रतिबन्धपछि फर्किएका हार्दिक पाण्डेयलाई जरिवाना

काठमाडौं । आईपीएल (IPL) मा गुजरात टाइटन्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स शनिबार नरेन्द्र मोदी रङ्गशालामा टाइटन्ससँग ३६ रनले हारेको थियो । यस सिजनमा यो हार्दिकको पहिलो खेल थियो र उनी सोही खेलमा जरिवानामा परेका हुन् ।

गत सिजनमा टोलीको अन्तिम खेलमा स्लो ओभर रेट उल्लङ्घनको कारण हार्दिकलाई एक खेलको लागि निलम्बन गरिएको थियो । जसका कारण उनी आईपीएल २०२५ को पहिलो खेल खेल्न पाएनन् ।

सूर्यकुमार यादवको कप्तानीमा मुम्बईले त्यो खेलमा चेन्नई सुपर किङ्ग्ससँग हार व्यहोर्नुपरेको थियो । यद्यपि, बीसीसीआईले अब निलम्बनको धारा हटाएको छ र जरिवाना मात्र लिने भएको छ । यस सिजन सुरु हुनुभन्दा अगाडि आईपीएल गभर्निङ काउन्सिलले कप्तानहरूसँगको बैठक बसेर प्रतिबन्धको नियम हटाउने निर्णय गरेको थियो । बैठकमा कप्तानहरूलाई ढिलो ओभर रेटको लागि डिमेरिट अङ्क र जरिवाना दिइने सहमति भएको छ । गम्भीर अवस्थामा मात्र प्रतिबन्ध लगाइनेछ ।

क्रिकबजको एक रिपोर्टअनुसार कप्तानलाई डिमेरिट अङ्कको साथ दण्डित गरिनेछ, तर ढिलो ओभर-रेटको लागि खेल प्रतिबन्धको सामना गर्नु पर्ने छैन ।

लेभल १ को अपराधमा खेल शुल्कको २५ देखि ७५ प्रतिशत कटौती गर्नुपर्नेछ र डिमेरिट अङ्क पनि कटौती गर्नुपर्नेछ, जुन आगामी तीन वर्षको लागि गणना गरिनेछ ।

यदि लेभल २ को अपराधलाई साँच्चै गम्भीर मानिन्छ भने त्यसमा चार डिमेरिट अङ्क हुनेछ । यसमा थप भनिएको छ कि प्रत्येक ४ डिमेरिट अङ्कको लागि, म्याच रेफ्रीले जरिवानाको १०० प्रतिशत जरिवाना वा थप डिमेरिट अङ्क दिन सक्छ । यी डिमेरिट पोइन्टहरूले भविष्यका खेलहरूबाट प्रतिबन्ध लगाउन सक्छन् । तर, ढिलो ओभर रेटको लागि (तत्काल) खेल प्रतिबन्ध हुनेछैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register