गणतन्त्र उत्सव कसैको विरोधमा होइन : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव कसैको विरोधमा नभएको बताएको छ । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले जनताको उपलब्धिको खुशियाली प्रकट गर्न कार्यक्रम गर्न लागेको बताए । ‘हामीले कसैको विरोधमा होइन जनताको उपलब्धिको खुशियाली प्रकट गर्ने उत्सवका रूपमा कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने ।  एमालेले भृकुटीमण्डपमा सभा गर्दैछ […]

May 28, 2025 - 11:28
 0
गणतन्त्र उत्सव कसैको विरोधमा होइन : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव कसैको विरोधमा नभएको बताएको छ ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले जनताको उपलब्धिको खुशियाली प्रकट गर्न कार्यक्रम गर्न लागेको बताए । ‘हामीले कसैको विरोधमा होइन जनताको उपलब्धिको खुशियाली प्रकट गर्ने उत्सवका रूपमा कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने ।  एमालेले भृकुटीमण्डपमा सभा गर्दैछ । भृकुटीमण्डपबाट रत्नपार्क, शहिदगेट हुँदै भृकुटीमण्डपसम्म र्‍याली गर्ने भएको छ ।

महासचिव पोखरेलले प्रधानमन्त्रीको व्यवस्तताका कारण मानवअधिकार आयोगको वार्षिकोत्सव कार्यक्रममा जान नभ्याएको बताए । बुधबार मानवअधिकार आयोगकको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए ।

मंगलबार आयोगले प्रधानमन्त्रीले बोल्दा ख्याल गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । ‘मानवअधिकार आयोग तटस्थ र निष्पक्ष हुनुपर्छ भएको पनि होला । तर प्रधानमन्त्रीको अनुपस्थिति व्यवस्तताको कारणले हो अन्यथा कारणले होइन,’ उनले भने ।

उत्सव गणतन्त्रको रक्षाका लागि नभएर यसको महत्वलाई स्थापित गर्नका लागि रहेको उनले बताए । ऐतिहासिक महत्वको दिनलाई जनतासँग जोडिएर मनाउनुपर्ने कुरामा यसअघि ध्यान नपुगेकाले त्यसलाई सच्याउन खोजिएको उनले बताए । गणतन्त्र रक्षाका लागि सडकमा उत्रिनुपरेको रूपमा यसलाई बुझ्न नहुने पोखरेलको भनाइ छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register