राप्रपालाई मण्डलेको संज्ञा : प्रतिनिधिसभा बैठकबाट निकाल्न सत्तापक्षको माग 

काठमाडौं । राप्रपालाई इङ्कित गर्दै प्रतिनिधि सभाको आइतबारको बैठकमा हिंसात्मक आन्दोलन गर्नेहरूलाई बैठकबाट निकाल्न सभामुख समक्ष माग गरेका छन् । ‘मण्डले’को संज्ञा दिँदै सत्तापक्षका सांसदहरूले हिंसात्मक आन्दोलन गर्नेहरू बैठकभित्रै रहेको भन्दै निकाल्न माग गरेका हुन् । कुलमान घिसिङ बर्खास्तको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध गरेपछि सत्तापक्षका सांसदहरूले  ‘हिंसात्मक’ राजावादी आन्दोलन गर्ने मण्डलेहरूलाई निकाल्नुपर्ने […]

Mar 30, 2025 - 09:19
 0
राप्रपालाई मण्डलेको संज्ञा : प्रतिनिधिसभा बैठकबाट निकाल्न सत्तापक्षको माग 

काठमाडौं । राप्रपालाई इङ्कित गर्दै प्रतिनिधि सभाको आइतबारको बैठकमा हिंसात्मक आन्दोलन गर्नेहरूलाई बैठकबाट निकाल्न सभामुख समक्ष माग गरेका छन् ।

‘मण्डले’को संज्ञा दिँदै सत्तापक्षका सांसदहरूले हिंसात्मक आन्दोलन गर्नेहरू बैठकभित्रै रहेको भन्दै निकाल्न माग गरेका हुन् ।

कुलमान घिसिङ बर्खास्तको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध गरेपछि सत्तापक्षका सांसदहरूले  ‘हिंसात्मक’ राजावादी आन्दोलन गर्ने मण्डलेहरूलाई निकाल्नुपर्ने माग राखेका थिए ।

प्रतिपक्षीले सदन अवरोध गरेपछि हिंसात्मक आन्दोलनको विषयमा सदनमा बोल्न पाउनु पर्ने भन्दै सत्तापक्षका एमाले र काङ्ग्रेस सांसदहरूले बैठक सञ्चालन गर्न माग गरे ।

 

त्यही क्रममा सत्ता पक्षीय रो बाट ‘हत्या हिंसा गर्ने आतङ्क मच्चाउने मण्डलेहरूले सांसदभित्र छन् । “उनीहरूलाई निकालियोस् सभामुख महोदय” भन्दै कराएका थिए ।

प्रतिनिधि सभा आइतबार बसेको बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी बेन्चका सांसदहरूले प्रधानमन्त्रीको जवाफ बिना संसद् चल्न नदिने अडानका बीच आइतबार प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि १५ मिनेटको लागि स्थगित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register