तीनकुने घटनामा पक्राउ परेकाहरू जिल्ला अदालतमा पेश, हत्कडी लगाउँदा यस्तो देखिए रवीन्द्र (तस्वीरहरू)

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो । त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पुर्‍याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो […]

Mar 30, 2025 - 13:10
 0
तीनकुने घटनामा पक्राउ परेकाहरू जिल्ला अदालतमा पेश, हत्कडी लगाउँदा यस्तो देखिए रवीन्द्र (तस्वीरहरू)

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पुर्‍याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

सांसद धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । रवीन्द्र मिश्रलाई पक्राउ परेका अर्का एकजनासँग साझेदारीमा हत्कडीले बाँधिएको थियो ।

पक्राउ परेका अन्यलाई पनि दुईजनाको दरले हत्कडी लगाइएको थियो । सबैको अनुहार मलिन देखिएको थियो । हत्कडी नलगाएका धवलशम्शेरले भने भित्र जाँदा हात हल्लाएका थिए ।

हेर्नुहोस तस्वीरहरू :

   

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register