बेलायतको रेलवे स्टेशनमा प्रहरीको गोलीबाट हतियारधारी व्यक्तिको मृत्यु

लन्डन- बेलायतको मिल्टन किन्स सेन्ट्रल रेलवे स्टेशनमा मंगलबार दिउँसो  एक हतियारधारीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ । अपरान्ह  १२ः५५ बजे स्थानीय समयमा स्टेशनमा एक व्यक्ति  बन्दुक लिएर घुमिरहेको भन्ने सूचना पाएपछि  थेम्स भ्याली प्ररहरी र  ब्रिटिश ट्रान्सपोर्ट प्रहरीको टोली घटनास्थल पुगेको बीबीसीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, उक्त शंंकास्पद व्यक्तिलाई चेतावनी दिएपछि प्रहरीले गोली […]

Apr 1, 2025 - 15:57
 0
बेलायतको रेलवे स्टेशनमा प्रहरीको गोलीबाट हतियारधारी व्यक्तिको मृत्यु

लन्डन- बेलायतको मिल्टन किन्स सेन्ट्रल रेलवे स्टेशनमा मंगलबार दिउँसो  एक हतियारधारीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ ।

अपरान्ह  १२ः५५ बजे स्थानीय समयमा स्टेशनमा एक व्यक्ति  बन्दुक लिएर घुमिरहेको भन्ने सूचना पाएपछि  थेम्स भ्याली प्ररहरी र  ब्रिटिश ट्रान्सपोर्ट प्रहरीको टोली घटनास्थल पुगेको बीबीसीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार, उक्त शंंकास्पद व्यक्तिलाई चेतावनी दिएपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले उक्त व्यक्तिको ज्यान बचाउने प्रयास गरे पनि  दिउँसो १३ः४४ बजे  मृत्यु भएको पुष्टि भएको हो ।

उक्त स्थानमा अहिले कुनै जोखिम नरहेको प्रहरी प्रवक्ताले जनाएका छन्, यद्धपि घटनाको बारेमा विस्तृत विवरण आउन  बाँकी नै छ ।

घटनाको अनुसन्धान अघि बढाइएको  प्रहरीले बताएको छ । घटनाका कारण रेलवे सेवा पनि अवरुद्ध भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register