भारत-पाकिस्तान तनावले रोकिएको आईपीएल आजबाट पुनः सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज (शनिबार)बाट पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । १८औँ संस्करणको जारी आईपीएल मे ८ देखि रोकिएको थियो । आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलोरमा नेपाली समयअनुसार राति पौने […]

May 17, 2025 - 06:05
 0
भारत-पाकिस्तान तनावले रोकिएको आईपीएल आजबाट पुनः सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज (शनिबार)बाट पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो ।

१८औँ संस्करणको जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलोरमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो ।

आईपीएलका बाँकी खेलहरू बैंगलोर, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register