राजावादीको हिरासत बसाइँः जबरा माग्छन् स्याउ र काजु, मिश्र माग्छन् मासु ! 

काठमाडौँ । चैत १५ गते (शुक्रबार) तीनकुनेमा भएको आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा हिरासतमा छन् ।  चैत १५ गते नै पक्राउ परेका दुवैजनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । प्रहरीहरुले उनिहरुविरुद्ध राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।  तर, प्रहरीको हिरासतमा रहेका […]

Apr 2, 2025 - 04:40
 0
राजावादीको हिरासत बसाइँः जबरा माग्छन् स्याउ र काजु, मिश्र माग्छन् मासु ! 

काठमाडौँ । चैत १५ गते (शुक्रबार) तीनकुनेमा भएको आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा हिरासतमा छन् । 

चैत १५ गते नै पक्राउ परेका दुवैजनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । प्रहरीहरुले उनिहरुविरुद्ध राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । 

तर, प्रहरीको हिरासतमा रहेका मिश्र र जबराको खानकी भने बेग्लै छ । परिसरका एक प्रहरीका अनुसार उनीहरु दुवैजनाले हिरासतमा रहेका अन्य थुनुवाका लागि बनाइएको खाना खाँदैनन् । बरु दुवैजनाले प्रहरीको क्यान्टिनबाट खाना अर्डर गर्छन् र खान्छन् । प्रायः उनिहरुले प्रहरी क्यान्टिनबाट मासु र रोटी अर्डर गरेर खाने गरेको ती प्रहरीको भनाई छ ।

ती प्रहरीका अनुसार क्यान्सरका बिरामी समेत रहेका जबराले हिरासतमा स्याउ र काजु अर्डर गर्छन् । उनको अर्डर अनुसार प्रहरीले जबरालाई स्याउ र काजु पनि उपलब्ध गराउँदै आएको छ । अर्कोतर्फ सामान्य पानीले स्वास्थ्यमा समस्या हुनसक्ने भन्दै मिश्र र जबरा दुवैले मिनरल वाटर प्रयोग गर्दै आएका छन् । 

शान्तिपूर्ण आन्दोलनलाई भड्काएका, सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र ज्यान जाने अवस्था सृजना गरेको आरोपमा पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register