लागूऔषध गाँजा बोकेको कारसहित चालक पक्राउ

धनकुटा, २० चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १९ गते राती ९ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीलेभेडेटार रवी(राँके सडक खण्डमाको। १ च ३४७८ नम्वरको मारुती कारलाई शंकालागि चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम [...] The post लागूऔषध गाँजा बोकेको कारसहित चालक पक्राउ appeared first on Jhapa Online.

Apr 2, 2025 - 09:15
 0
लागूऔषध गाँजा बोकेको कारसहित चालक पक्राउ

धनकुटा, २० चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र १९ गते राती ९ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीलेभेडेटार रवी(राँके सडक खण्डमाको। १ च ३४७८ नम्वरको मारुती कारलाई शंकालागि चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो । गाँजा बरामद भएसंगै कार र चालक बिराटनगर महानगरपालिका–१५का २६ बर्षीय प्रिन्स कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा बोकेको कार सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

The post लागूऔषध गाँजा बोकेको कारसहित चालक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register