१२ घण्टापछि मेची राजमार्ग सुचारु

चन्द्र पन्दाकताप्लेजुङ, ८ जेठ । बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो । सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालका अनुसार अवरुद्ध राजमार्ग बिहीबार [...] The post १२ घण्टापछि मेची राजमार्ग सुचारु appeared first on Jhapa Online.

May 22, 2025 - 09:15
 0
१२ घण्टापछि मेची राजमार्ग सुचारु

चन्द्र पन्दाक
ताप्लेजुङ, ८ जेठ ।
बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो ।

सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालका अनुसार अवरुद्ध राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो । बिहान सबेरैदेखि सडक डिभिजनको एक्साभेटर, ब्याक हो लोडर ९जेसिभी० लगायतको उपकरण प्रयोग गरी हेवाखोलामा आएको बाढीले क्षति गरेको ह्युमपाइप मर्मत गरेपछि राजमार्ग खुलेको बरालले जानकारी दिनुभयो ।

इन्जिनियर बरालका अनुसार बाढीले क्षति गरेको ह्युमपाइप र सडक मर्मतपछि राजमार्ग सुचारु भएको छ । राजमार्ग सुचारु भएसँगै ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीतर्फ जाने र ताप्लेजुङ भित्रिने साना–ठुला सबैखाले यातायातका साधनहरू सञ्चालनमा आएका उहाँले बताउनुभयो ।

वर्षासँगै हेवाखोलामा आएको बाढीले ह्युमपाइप बगाएर मेची राजमार्ग अवरुद्ध बनेपछि ताप्लेजुङवासी चिन्तित बनेका थिए । राजमार्ग अवरुद्ध हुँदा उपभोग्यसहितका आवश्यक सामग्री ढुवानी गर्न र लामो दूरीको यात्रामा समस्या हुनेभन्दै जिल्लावासीमा चिन्ता छाएको थियो । करिब १२ घण्टापछि राजमार्ग खुलेकाले तत्कालका लागि भने जिल्लावासीलाई चिन्तामुक्त बनाएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले बताउनुभयो ।

अध्यक्ष गौतमले बर्खायाम सुरु भइसकेकाले पानी पर्ने र खोला नदीनालामा बाढी आउने कुनै टुङ्गो नहुने हुँदा ह्युपाइपभन्दा पनि बेलिब्रिज निर्माणको कामलाई तीब्रता दिनुपर्ने बताउनुभएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएमा मात्र निर्वाध रूपमा राजमार्ग सञ्चालन भइरहनेमा ढुक्क हुन सकिने उहाँको भनाइ छ ।

यता हेवाखोलामा बेलिब्रिज निर्माणका काम भने तीव्र रूपमा भइरहेको सडक डिभिजन इलामका इन्जिनियर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जिप निर्माण गर्नेसहित पूर्वाधार निर्माणको काममा करिब ८० प्रतिशत प्रगति भइसकेको छ । बाँकी पूर्वाधारका काम र ट्रस जडानसहित जेठ २५ सम्ममा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो । गत असोज दोस्रो साता आएको बाढीले हेलाखोलाको बेलिब्रिज बगाएको थियो ।

The post १२ घण्टापछि मेची राजमार्ग सुचारु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register