कनकाईमा निःशुल्क लोकसेवा कक्षा, पाए जागिर

कनकाई, २० चैत । झापाको कनकाई नगरपालिकाले प्रदान गरेको निःशुल्क लोक सेवा तयारी कक्षा लिएका तीन जनाले सरकारी जागिर पाएका छन् । गत वर्ष नगरले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा लिएकामध्ये तीन जागिर पाएको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो । “नगरले दिएको लोकसेवा तयारी कक्षाबाट तीन जनाले जागिर पाएको थाहा पाएपछि निकै खुसी [...] The post कनकाईमा निःशुल्क लोकसेवा कक्षा, पाए जागिर appeared first on Jhapa Online.

Apr 2, 2025 - 14:56
 0
कनकाईमा निःशुल्क लोकसेवा कक्षा, पाए जागिर

कनकाई, २० चैत । झापाको कनकाई नगरपालिकाले प्रदान गरेको निःशुल्क लोक सेवा तयारी कक्षा लिएका तीन जनाले सरकारी जागिर पाएका छन् ।

गत वर्ष नगरले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा लिएकामध्ये तीन जागिर पाएको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो । “नगरले दिएको लोकसेवा तयारी कक्षाबाट तीन जनाले जागिर पाएको थाहा पाएपछि निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो, “मैले थाहा पाएको यति हो, अरु पनि हुनुहुन्छ होला ।”

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारका लागि सयौंको संख्यामा विदेशिने क्रममा रहेको छ । बढ्दो युवा पलाउनलाई रोक्न पनि स्वदेशमै टिक्ने वातावरण बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

“विकास भनेको तत्कालै देखिने बाटो–घाटो, पुल–पुलेसा, भवन मात्र होइन”, उहाँले भन्नुभयो, “मावन संशाधनको विकास पनि विकास हो, यस क्षेत्रमा गरिएको लगानीको प्रतिफल ढिलो आउँछ ।”

सीपमूलक र आत्मनिर्भर बनाउने कार्यक्रमले दीर्घकालीन लाभ मिल्ने उहाँको भनाइ छ । दीगो विकासका लागि १७ वटा लक्ष्यमध्ये १ नम्बर गरिबी निवारण रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि आमनागरिकलाई आत्मनिर्भर बनाउन जरुरी रहेको सुनाउनुभयो ।

गत वर्षझैं कनकाई नगरकापालिकाले यस वर्ष पनि सञ्चालन गरिरहेको निःशुल्क लोकसेवा तयारी कक्षामा ५९ जनाले कक्षा लिइरहेका छन् । विपन्न र लक्षित वर्गका युवालाई विशेष प्राथमिकता दिएर कक्षा सञ्चालन भइरहेको उपप्रमुख शर्माले बताउनुभयो । कनकाई माविमा बेलुका ४ बजेदेखि कक्षा सञ्चालन भइरहेको छ ।

The post कनकाईमा निःशुल्क लोकसेवा कक्षा, पाए जागिर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register