बैशाख अगावै कनकाईमा पाँच सय बढीलाई धनीपूर्जा दिने प्रतिबद्धता

चन्द्र बस्नेतकनकाई, १० फागनु । भूमि समस्या समाधानका लागि भूमि आयोगले झापाका चारपालिकासँग छलफल गरेको छ । नगरको सभाहलमा कनकाई, बिर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका प्रतिनधिसँग भूमि आयोगले छलफल गरेको हो । भूमि समस्या समाधान आयोगका प्रमुख हरिप्रसाद रिजाल, आयोगका बिज्ञ डा. जगत बस्नेत, आयोगका अनिल कृष्ण प्रसाईं, आरति भण्डारी, कोशी प्रदेश नापी अधिकृत [...] The post बैशाख अगावै कनकाईमा पाँच सय बढीलाई धनीपूर्जा दिने प्रतिबद्धता appeared first on Jhapa Online.

Feb 22, 2025 - 02:42
 0
बैशाख अगावै कनकाईमा पाँच सय बढीलाई धनीपूर्जा दिने प्रतिबद्धता

चन्द्र बस्नेत
कनकाई, १० फागनु ।
भूमि समस्या समाधानका लागि भूमि आयोगले झापाका चारपालिकासँग छलफल गरेको छ । नगरको सभाहलमा कनकाई, बिर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका प्रतिनधिसँग भूमि आयोगले छलफल गरेको हो ।

भूमि समस्या समाधान आयोगका प्रमुख हरिप्रसाद रिजाल, आयोगका बिज्ञ डा. जगत बस्नेत, आयोगका अनिल कृष्ण प्रसाईं, आरति भण्डारी, कोशी प्रदेश नापी अधिकृत संजिवकुमार शाहा, जिल्ला अध्यक्ष मोहनप्रसाद अधिकारी, उप–सचिव गोकुल ढुंगेल लगायतको टोलीले उनीहरुसँग छलफल गरेको हो । आयोगको टोलीले कनकाईमा आगामी बैशाख अगाडी नै पाँच सयभन्दा बढीलाई जग्गा धनीपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको छ्लफल कार्यक्रममा सहभागीलाई नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईं, उप प्रमुख नगेन्द्र सङग्रौला, कनकाई नगरका सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्य, वडा सदस्य, नगर भूमि आयोगका कर्मचारी, बिर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका जनप्रतिनिधि लगायत छ्लफल कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा कनकाईमा भूमिहीनहरुका लागि अहिलेसम्म गरेको प्रगति विवरण भूमि शाखाकी कर्मचारी रनिता गौतमले टोलीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा भूमिहीन दलित ३ सय ७७, भूमिहिन सुकुम्बासी २ हजार ३ सय २९ र अव्यवस्थित बसोबास गर्ने ४ हजार ४ सय २५ जना करि कुल ७ हजार ९१ जना भूमिहीन, दलित तथा अव्यवस्थित बसोबासीको धनीपूर्जा वितरणको तयारी गरिएकोमा हालसम्म ८१ जनाको मात्रै धनीपुर्जा वितरण गरिएको जानकारी गराउनुभएको थियो ।

कनकाईमा ८ हजार ७ सय ७८ कित्ताको संङ्ख्यामा निवेदन परेकोमा ७ हजार ५१ घर धुरी रहेको छ । त्यस्तै १ हजार ५ सय ३१ कित्ता नापी भएको १ हजार १७ कित्ताको भेरिफिकेशन गरिएको र अब ७ सय ४२ निवेदनको अन्तिम सूचना प्रकाशनको तयारीमा नगरपालिका जुटेको जानकारी नगरप्रमुख पोखरेलले गराउनुभएको थियो ।

कतिपय कानुनी झन्झट र महगो शुल्कका कारण खासमा अव्यवस्थित बसोबासीको धनीपुर्जा बितरणमा समस्या आएको नगरप्रमुख पोखरेलले भनाई रहेको थियो । कार्यक्रममा भुमि समस्या समाधान आयोगका बिज्ञ डा जगत बस्नेतले कनकाई नगरपालिकाले अहिलेसम्म गरेको प्रगतिको खुलेर प्रसंसा गर्दै जतिसक्दो चाडो धनीपुर्जा वितरण गर्न सुझाव दिनुभएको थियो ।

The post बैशाख अगावै कनकाईमा पाँच सय बढीलाई धनीपूर्जा दिने प्रतिबद्धता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register