नेपालमै नमुना विश्वविद्यालयः विद्यार्थीलाई उल्टै पैसा दिने, राति १२ बजेसम्म खुल्ने
काठमाडौं । नेपालकै एउटा त्यस्तो विश्वविद्यालय, जहाँ पीएचडी पास गरेर अनुसन्धानमा सक्रिय प्राध्यापकहरूले मात्रै पढाउन पाउँछन् । विद्यार्थीहरूले पनि भर्ना भएदेखि नै अनुसन्धानमा संलग्न हुनु पर्छ र उनीहरूलाई सहजीकरण गर्न जुनसुकै समयमा प्राध्यापक उपलब्ध हुन्छन् । अध्ययन अनुसन्धानमा संलग्न भएबापत उनीहरूले मासिक तलब समेत पाउँछन् । काठमाडौंको कलङ्कीबाट २२ किलोमिटरको सडक दुरीमा छ, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय । विश्वविद्यालयले विश्वस्तरीय शिक्षा दिने लक्ष्यका साथ आफ्ना नयाँ संरचनाहरू थपिरहेको छ । सहरको होहल्लाबाट टाढा...

What's Your Reaction?






