नेपाल-भारतबीच सन्तुलित व्यापार सम्बन्धमाथि काम गर्नुपर्छ : राजदूत शर्मा

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्माले दुई देशबीच सन्तुलित व्यापार सम्बन्धमाथि काम गर्नुपर्ने बताएका छन् । दिल्लीस्थित अनुसन्धान संस्था सेन्टर फर इन्टिग्रेटेड एण्ड होलिस्टिक स्टडीज (center for integrated and holistic studies CIHS) ले नेपाल-भारत सम्बन्धको भविष्यसम्बन्धी आयोजीत एक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत शर्माले दुई देशबीच “क्षणिक भिन्नता” भए पनि सांस्कृतिक र आध्यात्मिक सम्बन्ध […]

Apr 4, 2025 - 07:15
 0
नेपाल-भारतबीच सन्तुलित व्यापार सम्बन्धमाथि काम गर्नुपर्छ : राजदूत शर्मा

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्माले दुई देशबीच सन्तुलित व्यापार सम्बन्धमाथि काम गर्नुपर्ने बताएका छन् ।

दिल्लीस्थित अनुसन्धान संस्था सेन्टर फर इन्टिग्रेटेड एण्ड होलिस्टिक स्टडीज (center for integrated and holistic studies CIHS) ले नेपाल-भारत सम्बन्धको भविष्यसम्बन्धी आयोजीत एक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत शर्माले दुई देशबीच “क्षणिक भिन्नता” भए पनि सांस्कृतिक र आध्यात्मिक सम्बन्ध बलियो रूपमा स्थापित भएको बताए । दुई देशबीच सम्बन्धलाई जनस्तरमा बलियो बनाउने माध्यमका रूपमा बृहत्तर आर्थिक सहयोगलाई बढाउनु पर्ने उनको भनाइ थियो ।

‘हालै भारतमा आयोजित महाकुम्भमा नेपालका दस लाखभन्दा बढी मानिसहरूले भाग लिए । भारतीयहरू पशुपतिनाथ जान चाहन्छन् भने नेपालका मानिसहरू गया र चार धाम यात्रा गर्न चाहन्छन् । त्यस अर्थमा, हामीसँग सभ्यता र सामाजिक सम्बन्ध छ,’ राजदूत शर्माले भने ।

दुई देशबीच सीमा र नदीजन्य बाढीका केही मुद्दाहरू चुनौतीका रूपमा रहेको बताउँदै शर्माले भने, ‘छिमेकीबीचमा सामान्यतया केही प्रकारका भिन्नताहरू हुन्छन् । तर हाम्रो ध्यान आर्थिक एकीकरणमा बढी हुनुपर्छ ।’

कुल व्यापारको दुई तिहाइ हिस्सा भारतसँग जोडिएको बताए । हाल नेपालले ८ अर्ब डलरको व्यापार घाटा सामना गरिरहेको भन्दै राजदूत शर्माले सन्तुलित व्यापार सम्बन्धतर्फ काम गर्नुपर्नेमा जोड दिए। ‘हामी गर्मीमा भारतमा १,००० मेगावाट बिजुली निर्यात गर्दै आएका छौं । नेपालले भारत हुँदै बंगलादेशमा पनि ४० मेगावट बिजुली निर्यात गर्न थालेका छौं । र, बंगलादेश नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक छ,’ उनले भने, ‘क्षेत्रीय आर्थिक एकीकरणमा ऊर्जा कूटनीतिको भूमिका महत्वपूर्ण हुँदै आएको यसले पुष्टि गर्छ ।’

भारत नेपालका लागि पहिलो पर्यटकीय स्रोत बजार भएको  भारतीय नागरिकले QR कोडहरू प्रयोग गरेर नेपालमा भुक्तानी गर्न सक्ने जानकारी दिँदै  राजदूत शर्माले यसबाट दुई देशबीचको आर्थिक कारोबारको बढ्दो सहजता प्रतिबिम्बित हुने उल्लेख गरे ।

कार्यक्रम आयोजक संस्था CIHS का प्रमुख कार्यकारी तथा निर्देशक के.ए. बदरीनाथले भारत र नेपाललाई सभ्यता र संस्कृतिले बाँधेको भन्दै द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न जनता-जनताबीचको सम्पर्क बढाउने, आर्थिक र विकासात्मक सहकार्यलाई बढावा दिने र साझा स्थिरता मार्फत सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए ।

त्यस्तै CIHS का अनुसन्धान निर्देशक राहुल पावले भारत-नेपाल सम्बन्ध सन्धिहरू र लेनदेनहरूभन्दा माथि रहेको उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register