३१ जना उद्यमीका क्यारिकेचर प्रर्दशनीमा

काठमाडौं । नेपाल आर्ट काउन्सिलमा ‘कर्पोरेट लिडर क्यारिकेचर’ प्रर्दशनी सुरु भएको छ । प्रर्दशनीमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, गोल्ड स्टार जुत्ता कम्पनीकी विदुषी राना, शौरभ ज्योती, शेखर गोल्छालगायतका ३१ जना उद्यमी, व्यवसायीका क्यारिकेचर राखिएका छन् । प्रदर्शनीमा राखिएका क्यारीकेचर कार्टुनिष्ट रवि मिश्र र अकृन अधिकारीले बनाएका हुन् । कर्पोरेट नेपाल पत्रिकाले आयोजना गरेको यो […]

Apr 4, 2025 - 10:16
 0
३१ जना उद्यमीका क्यारिकेचर प्रर्दशनीमा

काठमाडौं । नेपाल आर्ट काउन्सिलमा ‘कर्पोरेट लिडर क्यारिकेचर’ प्रर्दशनी सुरु भएको छ ।

प्रर्दशनीमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, गोल्ड स्टार जुत्ता कम्पनीकी विदुषी राना, शौरभ ज्योती, शेखर गोल्छालगायतका ३१ जना उद्यमी, व्यवसायीका क्यारिकेचर राखिएका छन् ।

प्रदर्शनीमा राखिएका क्यारीकेचर कार्टुनिष्ट रवि मिश्र र अकृन अधिकारीले बनाएका हुन् । कर्पोरेट नेपाल पत्रिकाले आयोजना गरेको यो प्रर्दशनी शनिबार (२३ चैत)सम्म चल्ने छ । व्यवसायी, उद्यमीको क्यारिकेचर प्रर्दशनी गरिएको यो पहिलोपटक हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register