तीनकुनेमा कुनैपनि राजनीतिक सभाको अनुमति नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले तीनकुनेमा कुनैपनि राजनीतिक सभा सम्मेलनको अनुमति नदिन निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले यस्तो निर्देशन दिएको हो । निर्देशन दिँदै सभापति रामहरी खतिवडाले भने, ‘तीनकुने आसापसमा कुनैपनि सभा गर्न अनुमति नदिन गृह मन्त्रालय र सरकारलाई समिति निर्देशन गर्दछ ।’ चैत १५ गते तीनकुनेमा राजवादीहरूको प्रदर्शनमा भएको […]

Apr 4, 2025 - 10:19
 0
तीनकुनेमा कुनैपनि राजनीतिक सभाको अनुमति नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले तीनकुनेमा कुनैपनि राजनीतिक सभा सम्मेलनको अनुमति नदिन निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले यस्तो निर्देशन दिएको हो ।

निर्देशन दिँदै सभापति रामहरी खतिवडाले भने, ‘तीनकुने आसापसमा कुनैपनि सभा गर्न अनुमति नदिन गृह मन्त्रालय र सरकारलाई समिति निर्देशन गर्दछ ।’

चैत १५ गते तीनकुनेमा राजवादीहरूको प्रदर्शनमा भएको घटनाको निष्पक्ष छानबिनका लागि समितिले सरकारलाई निर्देशन दिएको छ । यस्तै, आगामी दिनमा हिंसात्मक घटना हुन नदिन विशेष सतर्कता अपनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा गम्भीरताका साथ अघि बढ्न समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउने सवालमा आवश्यक बजेट उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register