कैलाली जिल्लाभरमै सर्वोत्कृष्ट बन्यो धनगढी उपमहानगरपालिका 

धनगढी । धनगढी उपमहानगरपालिका कैलाली जिल्लाभरमै उत्कृष्ट पालिका बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा विभिन्न १७ वटा सूचकमा आधारित रहेर गरिएको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी जिल्लाकै उत्कृष्ट पालिका बनेको हो ।   जिल्ला समन्वय समिति कैलालीद्वारा शुक्रबार आयोजित नवौँ जिल्ला सभामा जिल्लाभरमै उत्कृष्ट बनेको धनगढी उपमहानगरपालिकालाई सम्मान पत्र प्रदान गरिएको छ ।  सम्मान पत्र […]

Apr 4, 2025 - 12:13
 0
कैलाली जिल्लाभरमै सर्वोत्कृष्ट बन्यो धनगढी उपमहानगरपालिका 

धनगढी । धनगढी उपमहानगरपालिका कैलाली जिल्लाभरमै उत्कृष्ट पालिका बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा विभिन्न १७ वटा सूचकमा आधारित रहेर गरिएको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी जिल्लाकै उत्कृष्ट पालिका बनेको हो ।  

जिल्ला समन्वय समिति कैलालीद्वारा शुक्रबार आयोजित नवौँ जिल्ला सभामा जिल्लाभरमै उत्कृष्ट बनेको धनगढी उपमहानगरपालिकालाई सम्मान पत्र प्रदान गरिएको छ । 

सम्मान पत्र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानालाई सभाका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदान गरेका थिए । सम्मान पत्र प्रदान गर्दै जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिका कुमारी चौधरी (भुल)ले उपप्रमुख रानालाई बधाई दिएकी छिन् । 

त्यस्तै, उक्त सम्मान पत्रले आफूहरुलाई थप उर्जा मिलेको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख रानाले बताएकी छिन् । उनले आगामी दिनमा पनि धनगढी उपमहानगरपालिका उत्कृष्ट हुने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register