धितोपत्र बोर्डले दियो ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ का इकाई निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ का इकाई निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाका इकाई निष्कासन अनुमति दिएको हो । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डबाट यस योजनाको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमतिसँगै क्यापिटलले […]

May 22, 2025 - 07:26
 0
धितोपत्र बोर्डले दियो ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ का इकाई निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ का इकाई निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाका इकाई निष्कासन अनुमति दिएको हो ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डबाट यस योजनाको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमतिसँगै क्यापिटलले १० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड इकाईको सार्वजनिक निष्कासन गर्ने भएको छ।

उक्त योजनाको कोष प्रवर्द्धकका रुपमा ग्लोबल आइएमई बैंक रहेको छ भने धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register