छुटेलगत्तै फेरि पक्राउ परे युनुस अन्सारी

काठमाडौं । नक्कली मुद्राको कसुरमा सजाय सकेर कारागारबाट मुक्त भएलगत्तै युनुस अन्सारी फेरि पक्राउ परेका छन् । उनी सजाय भुक्तान गरी शनिबार साँझ नख्खु कारागारबाट मुक्त भएका थिए । लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, […]

May 25, 2025 - 09:32
 0
छुटेलगत्तै फेरि पक्राउ परे युनुस अन्सारी

काठमाडौं । नक्कली मुद्राको कसुरमा सजाय सकेर कारागारबाट मुक्त भएलगत्तै युनुस अन्सारी फेरि पक्राउ परेका छन् । उनी सजाय भुक्तान गरी शनिबार साँझ नख्खु कारागारबाट मुक्त भएका थिए । लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘उनको सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको थियो । नक्कली मुद्राको कसुरमा सजाय भुक्तानपछि छुटेपछि हामीले पक्राउ गरेका हौँ ।’ उनले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थपिएको समेत बताए । अन्सारी अहिले सीआईबीको हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register