झापामा नीजि विद्यालयको वर्गीकरण

विष्णुप्रसाद पोखरेलदमक, २४ चैत । झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ । लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर [...] The post झापामा नीजि विद्यालयको वर्गीकरण appeared first on Jhapa Online.

Apr 6, 2025 - 10:58
 0
झापामा नीजि विद्यालयको वर्गीकरण

विष्णुप्रसाद पोखरेल
दमक, २४ चैत ।
झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ ।

लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर वर्गीकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ । विद्यालयहरुलाई पाँच वटा वर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म गरी चार वटा र एक वटा ग्रेडमा नपरेका विद्यालयहरु छुट्याइएको उहाँले जनाउनुभयो ।

८० भन्दा बढि अङ्क प्राप्त गर्नेलाई पहिलो, ६० देखि ७९ सम्म ‘ख’ वर्ग, ५० भन्दा माथिलाई ‘ग’ वर्ग र त्योभन्दा तललाई ‘घ’ वर्गमा समावेश गरिएको छ । यो झापामा नै पहिलो हो र यसलाई कार्यपालिका बैठकले पनि अनुमोदन गरिसकेको छ, भट्टराईले भन्नुभयो । बालमैत्री संरचनादेखि लिएर विद्यालयसँग जोडिएका सबै पक्षलाई आधार बनाइएको उहाँले उल्लेख गर्नुभएको छ ।

यसैबिच पहिलो पटक विद्यालय वर्गीकरण भएर आधिकारीक रुपमा नगरपालिका सार्वजनिक नगरी सामाजिक सञ्जालमा विद्यालय वर्गीकरण भएको भनेर त्यसको लिस्ट सार्वजनिक भएपछि विवाद पनि उत्पन्न भएको छ । कम अङ्क ल्याउनेलाई ‘ख’ र त्योभन्दा बढि अङ्क ल्याउनेलाई ‘ग’ वर्गमा राखिएको भन्दै विवाद भएको हो ।

५५.५ अङ्क प्राप्त गर्ने स्कुल ‘ख’ वर्ग र ५८.२५ अङ्क प्राप्त गर्ने स्कुल ‘ग’ वर्गमा राखेको लिस्ट सार्वजनिक भएको नीजि विद्यालय सञ्चालक प्रविण चाम्लिङले बताउनुभयो । यो चित्त बुझ्दो भएन, उहाँको भनाइ छ । विद्यालय वर्गीकरण हुनु राम्रो भएको बताउदै वर्गीकरण पारदर्शी नभएको आङ्शका भएको उहाँको दाबी छ ।

नगर शिक्षा समिति संयोजक भट्टराईले आधिकारीक रुपमा वर्गीकरणको नतिजा सार्वजनिक नभएको अवस्थामा अङ्कसहित विवरण सार्वजनिक भएको विषयलाई गम्भीर रुपमा लिएको बताउनुभयो । निर्णय हुनु अगावैको कच्चा प्रतिवेदन बाहिर आफुले पनि देखेको जनाउदै यस विषयमा छानविन गरिने उहाँले बताउनुभयो ।

The post झापामा नीजि विद्यालयको वर्गीकरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register