झापाको बाह्रदशीमा पोखरीमा डुबेर नौ वर्षीय बालकको मृत्यु

झापा, ३० चैत । पोखरीमा डुबेर गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय बालक कृष्ण तामाङ रहेका छन् । चैत २९ गते दिउँसो अर्जुनधारा नगरपालिका–३ का लोकबहादुर तामाङको छोरा कृष्णलाई लिएर उनको आमा सिया लामाले आफ्नो माइतीघर बाह्रदशी गाउँपालिका–२ किरात टोल लगेकी थिइन् । घरदेखि ५० मिटर पूर्वमा रहेको [...] The post झापाको बाह्रदशीमा पोखरीमा डुबेर नौ वर्षीय बालकको मृत्यु appeared first on Jhapa Online.

Apr 12, 2025 - 03:11
 0
झापाको बाह्रदशीमा पोखरीमा डुबेर नौ वर्षीय बालकको मृत्यु


झापा, ३० चैत ।
पोखरीमा डुबेर गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षीय बालक कृष्ण तामाङ रहेका छन् । चैत २९ गते दिउँसो अर्जुनधारा नगरपालिका–३ का लोकबहादुर तामाङको छोरा कृष्णलाई लिएर उनको आमा सिया लामाले आफ्नो माइतीघर बाह्रदशी गाउँपालिका–२ किरात टोल लगेकी थिइन् । घरदेखि ५० मिटर पूर्वमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा पानीमा डुबी घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याइएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा सोही बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

The post झापाको बाह्रदशीमा पोखरीमा डुबेर नौ वर्षीय बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register