चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा हुने

हरिप्रसाद कोइरालाउर्लाबारी, २५ चैत । शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुनेछ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफी पाउनेछन् । यस्तै, [...] The post चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा हुने appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:50
 0
चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा हुने

हरिप्रसाद कोइराला
उर्लाबारी, २५ चैत ।
शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुनेछ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफी पाउनेछन् ।

यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । खुलातर्फ १५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा विभिन्न चार इभेन्टमा खेल खेलाइनेछ । महिला, खुल्ला, बालबालिका र भेट्रान्सका खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अमीर राईले बताउनुभयो । राईका अनुसार प्रतियोगितामा पुरस्कारतर्फ तीन लाख ७५ हजार रुपियाँ नगद पुरस्कारमा खर्च हुनेछ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन इच्छुक खेलाडीले दुई हजार रुपियाँ तिरेर सहभागिता जनाउन पाइनेछ । प्रतियोगिता आयोजना गर्न १३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

The post चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register