तलबको घण्टी बज्दा खुसी भएका कामपाका कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरदेखि सफाइका कर्मचारीसमेतले तलब पाएका छन् । त्यसमा कर्मचारी, मेयर बालेन्द्र साहका सल्लाहकारसमेत छन् । हिजो सोमबार करिब ३ हजार कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शुक्रवार करिब १ अर्ब १५ करोड रुपियाँ बराबरको तलब निकासा गर्ने निर्णय भएपछि हिजो सबैको मोबाइलमा तलबको घण्टी बजेको हो । […]

Apr 8, 2025 - 02:02
 0
तलबको घण्टी बज्दा खुसी भएका कामपाका कर्मचारी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयरदेखि सफाइका कर्मचारीसमेतले तलब पाएका छन् । त्यसमा कर्मचारी, मेयर बालेन्द्र साहका सल्लाहकारसमेत छन् । हिजो सोमबार करिब ३ हजार कर्मचारीले तलब पाएका छन् ।


प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शुक्रवार करिब १ अर्ब १५ करोड रुपियाँ बराबरको तलब निकासा गर्ने निर्णय भएपछि हिजो सबैको मोबाइलमा तलबको घण्टी बजेको हो ।

५ महिनादेखि अड्किएको तलब पाएका कर्मचारी हिजोबाट मासिक तलब आउनेमा खुसी भएका छन् । प्रशासकीय अधिकृत गुरागाईंले पहिलो कर्तव्य शिक्षकको ५ महिना र अन्यको ३ महिनाको तलब खुवाउने बताउनुभएको थियो । सोही आधारमा सबैको तलब निकासा भएको हो ।

कामपाले हिजो नै बिजुली र इन्टरनेटलगायत मासिक भुक्तानी गर्नुपर्ने अन्य सबैको भुक्तानी गरेको छ । उक्त शीर्षकमा करिब ८० करोड रुपियाँ भुक्तानी भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register