पाँच वर्षमा ५९ लाख रुपैयाँले बढ्यो महाप्रसाद अधिकारीको सम्पत्ति, कुल सम्पत्ति कति छ ? 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षमा ५९ लाख बढीले बढेको छ । पाँच वर्षे कार्यकाल पुरा गरेर राष्ट्र बैंकबाट बिदा भएपछि अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा पाँच वर्षमा उनको सम्पत्ति ५९ लाख ४८ हजार रुपैयाँले बढेको देखिएको हो ।  अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग हाल ३ करोड […]

Apr 8, 2025 - 11:52
 0
पाँच वर्षमा ५९ लाख रुपैयाँले बढ्यो महाप्रसाद अधिकारीको सम्पत्ति, कुल सम्पत्ति कति छ ? 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षमा ५९ लाख बढीले बढेको छ । पाँच वर्षे कार्यकाल पुरा गरेर राष्ट्र बैंकबाट बिदा भएपछि अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा पाँच वर्षमा उनको सम्पत्ति ५९ लाख ४८ हजार रुपैयाँले बढेको देखिएको हो । 

अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग हाल ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ । 

त्यस्तै, वाणिज्य बैंकहरुमा रहेको डलर खातामा २८ हजार ६ सय ८ अमेरिकी डलर रहेको पनि अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । सो डलरको नेपाली दर (आजको विनिमय दर अनुसार) करिब ३९ लाख हुन आउँछ । 

पाँच वर्षको अवधिमा अधिकारीले घर र जग्गामा लगानी गरेको देखिएको छैन । बरु सुन र चाँदीमा भने वृद्धि देखिएको छ । त्यस्तै, यस अवधिमा अधिकारीले सामूहिक लगानी योजना र बचतपत्रमा गरेको लगानी पनि बढेको देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register