बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धता छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता रहेको दोहोर्‍याएका छन् । उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । सभामुखले ७० वर्षअघि बान्डुङमा प्रारम्भ भएको भावनाले नेपाल जस्तो शान्तिप्रेमी राष्ट्रलाई […]

Apr 8, 2025 - 11:52
 0
बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धता छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता रहेको दोहोर्‍याएका छन् ।

उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

सभामुखले ७० वर्षअघि बान्डुङमा प्रारम्भ भएको भावनाले नेपाल जस्तो शान्तिप्रेमी राष्ट्रलाई प्रेरणा दिँदै आएको बताए । ‘नेपाल असङ्लग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रको हैसियतले सबै राष्ट्रबीच शान्तिपूर्ण सहअस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ,’ उनले भने ।

सभामुख घिमिरेले गौतम बुद्धको जन्मभूमि नेपालले “वसुधैव कुटुम्बकम्” को दर्शनलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै बान्डुङ भावना आजको असमान विश्वलाई न्यायसंगत बनाउने मूल प्रेरणा बन्न सक्ने धारणा राखे ।

घिमिरेले जलवायु परिवर्तन, डिजिटल पहुँचको असमानता र आर्थिक विषमताजस्ता समसामयिक चुनौतीहरूको सामूहिक समाधानमा संसदहरूको भूमिका निर्णायक हुने स्पष्ट पारे । नेपालजस्तो हिमाली राष्ट्रका लागि जलवायु न्याय अनिवार्य आवश्यकतामध्ये एक भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय साझेदारीमा सन्तुलन कायम गर्न संसदहरूले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले नेपालको संविधानमै असङ्लग्नता र शान्तिपूर्ण मार्गको सुनिश्चितता गरिएको उल्लेख गर्दै आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय रहेको बताए ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको अग्रणी भूमिका बान्डुङ भावनाको जीवन्त अभिव्यक्ति भएको उनको भनाइ छ । सभामुख घिमिरेले लोकतन्त्र, शान्ति र समानताका साझा मूल्यहरूलाई संसदमार्फत सुदृढ गर्दै न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा एकजुट हुन आह्वान गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register