कनकाई माइमेला तयारी शुरु : यस वर्ष पाँच दिन मेला लाग्ने

सरोज भट्टराईशिवसताक्षी, १८ पुस । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिका स्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको हो । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई यस वर्ष शिवसताक्षी नगरपालिका वडा नं. १० ले लगाउने भएको छ । [...] The post कनकाई माइमेला तयारी शुरु : यस वर्ष पाँच दिन मेला लाग्ने appeared first on Jhapa Online.

Jan 2, 2025 - 13:06
 0
कनकाई माइमेला तयारी शुरु : यस वर्ष पाँच दिन मेला लाग्ने

सरोज भट्टराई
शिवसताक्षी, १८ पुस ।
पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिका स्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको हो । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई यस वर्ष शिवसताक्षी नगरपालिका वडा नं. १० ले लगाउने भएको छ । वडा कार्यालयले माइमेलालाई व्यवस्थित बनाउन तयारी सुरु गरेको जनाएको छ ।

मेलालाई व्यवस्थित गर्न र कनकाई पुलमा भीड भाड कम गर्नका लागि कनकाई नदिमा बैकल्पिक पुल निर्माणका लागि काम सुरु गरिएको शिवसताक्षी नगरपालिका वडा नं. १० वडाध्यक्ष तथा माइमेला संयोजक हर्क सिुगले बताए ।

वडाध्यक्ष सिगुका अनुसार गएका वर्षहरु भन्दा ठूलो रुपमा मेला लगाउने योजना रहेको छ । मेलामा लगाउन ठेक्का दिदाँ भिटौरी शुल्क महगो भयो, भन्ने व्यापारीको गुनासो आएपछि यस वर्ष वडाले आफै मेला लगाउने तयारी गरेको वडाध्यक्ष सिगुले जानकारी दिए । उनले भने, हामी गएका वर्षहरु भन्द कम शुल्क तोकेर भिटौरी लिने व्यवस्था मिलाउँछौ । सबै व्यापारीहरुलाई मेलामा व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्दछौ ।

कन्काई माई विशेष गरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ । मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यस वर्ष माइ मेला ५ दिन लाग्ने व्यवस्था मिलाइएको छ । पौष २७ बेलुका सम्ममा सम्पूर्ण तयारी पुरा गरेर २८ गते दिउँसो १२ बजे मेला उद्घाटन गरिने छ भने, मेला माघ ४ गते सम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

गरिब ५ विगाह क्षेत्रफलमा मेला लगाइने र मेलाका लागि जग्गा व्यवस्था भइसकेको वडाध्यक्ष सिगुले जानकारी दिए । मेलामा यातायात व्यवस्थापन र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी तथा ट्राफिकहरुलाई परिचालन गरिने छ ।

एसियन हाइवे निर्माणका चरणमा रहेकाले सडक छेउमा सवारी पार्किङ्गमा समस्या रहेको भन्दै वडाध्यक्ष सिगुले सडक उत्तरपट्टीको सागरनाथ वन क्षेत्रमा पार्किङ्गको व्यवस्था मिलाइने बताए ।

माघ १ गते मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाई माई वारि माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

The post कनकाई माइमेला तयारी शुरु : यस वर्ष पाँच दिन मेला लाग्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register