बार निर्वाचन : श्रेष्ठभन्दा मिश्र दोब्बर बढी मतान्तरले अघि

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औं नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र दोब्बरभन्दा बढी मतान्तरले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रले तीन हजार नौ सय ६४ मत र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले एक हजार ६ सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत […]

Apr 9, 2025 - 12:15
 0
बार निर्वाचन : श्रेष्ठभन्दा मिश्र दोब्बर बढी मतान्तरले अघि

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औं नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र दोब्बरभन्दा बढी मतान्तरले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रले तीन हजार नौ सय ६४ मत र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले एक हजार ६ सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिए ।

त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गरेका छन् । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएको थियो ।

बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।

मतगणना जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register