रबिको बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्न मिल्ने इजलासमा राख्न आदेश, यस्तो थियो हेर्न नमिल्नेको श्रृंखला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न निम्लेन बाहेकका न्यायाधीशहरूको इजलासमा राख्न आदेश भएको छ । बन्दीप्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दा पटक-पटक हेर्न नमिल्नेमा परेपछि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासबाट यस्तो आदेश आएको हो । सामान्यतया, बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ। गैरकानुनी थुनामा राखेको […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न निम्लेन बाहेकका न्यायाधीशहरूको इजलासमा राख्न आदेश भएको छ ।
बन्दीप्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दा पटक-पटक हेर्न नमिल्नेमा परेपछि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासबाट यस्तो आदेश आएको हो ।
सामान्यतया, बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ। गैरकानुनी थुनामा राखेको दाबी सहित कुनै पनि व्यक्तिलाई तत्काल रिहा गराउन बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराइन्छ । लामिछानेको यो मुद्दा पाँच पटक हेर्न नमिल्नेमा परिसकेको छ।
लामिछानेको बन्दीप्रत्यक्षीकरणको मुद्दा वैशाख ७ मा दर्ता भएको थियो । करिब एक महिनासम्म पनि उक्त मुद्दा निरूपण हुन नसकेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए।न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासले हेर्न नमिल्ने बाहेकका न्यायाधीशहरूले गोला तान्ने गरी व्यवस्था गर्न आदेश भएको हो । ‘पाँचौ चोटी हेर्न नमिल्ने देखिएको रहेछ। त्यसमा हेर्न हेर्न मिल्नेलाई गोला तान्न दिन भन्ने आशयको आदेश छ,’ उनले भने।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर उक्त इजलासले हेर्न मिलेको थिएन।
यस्तो थियो हेर्न नमिल्ने श्रृंखला
वैशाख ७ मा दर्ता भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा वैशाख ८ मा पहिलो सुनुवाई तोकिएको थियो । न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको उक्त पेशी हेर्न नमिल्नेमा पुग्यो । फुयालले लामिछानेको पासपोर्ट सम्बन्धि मुद्दामा सुनुवाई गरेकाले नहेर्ने निर्णय लिएका थिए ।
फुयालको इजलासमा तोकिएको भोलिपल्ट अर्थात ९ बैसाखमा लामिछानेको मुद्दा हेर्न मिल्ने गरी पेशी चढ्यो । र, न्यायाधिस अव्दुल अजीज मुसलमानले कारण देखाउ आदेश जारी गरे । तर, त्यसपछी तोकिएका लगातार चार वटा इजलासमा भने लामिछानेको मुद्दा हेर्न नमिल्नेमै थियो ।
कारण देखाउ आदेशपछि वैशाख २८ मा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पोखरेलको कारण हेर्न नमिल्ने भयो । त्यसपछि वैशाख ३० न्यायाधिसद्वय हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको इजलासमा पेश भयो ।
पहिलो पेशीमै फुयालको इजलासमा हेर्न नमिल्नेमा रहेको मुद्दा पुन: फुयाल सहितको इजलासमा पेशी तोकियो । फलत: हेर्न नमिल्ने भयो । त्यसपछि फेरी, ३१ बैसाखमा न्यायाधिसद्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा लामिछानेको मुद्दा तोकियो ।
दोहोर्याएर सोही मुद्दा हेर्न नमिल्ने भएकाले न्यायाधीश मुसलमानले समेत यो मुद्दा हेर्न मिल्दैन थियो । र, कारण देखाउ आदेश दिएका न्यायाधीश मुसलमान सहितको इजलासमा परेपछि हेर्न नमिल्नेमा पुग्यो ।
What's Your Reaction?






