बिर्तामोडका २० विद्यालयका ३९२५ विद्यार्थीलाई पोशाक वितरण शुरु

बिर्तामोड, ७ जेठ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीलाई यस वर्षको पोशाक वितरण सुरु गरेको छ । वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईंले २ जना छात्र र २ जना छात्रालाई पोशाक लगाइ दिएर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नगरपालिकाले [...] The post बिर्तामोडका २० विद्यालयका ३९२५ विद्यार्थीलाई पोशाक वितरण शुरु appeared first on Jhapa Online.

May 21, 2025 - 00:42
 0
बिर्तामोडका २० विद्यालयका ३९२५ विद्यार्थीलाई पोशाक वितरण शुरु

बिर्तामोड, ७ जेठ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीलाई यस वर्षको पोशाक वितरण सुरु गरेको छ ।

वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईंले २ जना छात्र र २ जना छात्रालाई पोशाक लगाइ दिएर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८–७९ देखि हरेक वर्ष पोशाक वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गरिने नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

अभिभावकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देशयले विद्यालय पोशाक वितरण गरिँदै आएको उहाँले बताउनुभयो । विद्यार्थीमा एकरुपता ल्याउन पोशाक महत्वपूर्ण रहेको भन्दै नगर प्रमुख प्रसाईंले विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन शिक्षक र अभिभावकलाई सुझाव दिनुभयो ।

यस्तै, वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईले अंग्रेजी माध्यमबाट पढाई हुने भएकाले सामुदायिक विद्यालय पनि नीजि विद्यालय भन्दा कम नभएको धारणा राख्नुभयो । यस्तै, नगरका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले नगरपालिकाले प्रदान गरेको पोशाकको सदुपयोगसँगै बालबालिकाको सरसफाईमा ध्यान दिन अभिभावकलाई आग्रह गर्नुभयो ।

पोशाक वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगीता सिवा, शिक्षा शाखा अधिकृत लासाङ तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भण्डारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यपक गुरुप्रसाद घिमिरेले गर्नु भएको थियो ।

The post बिर्तामोडका २० विद्यालयका ३९२५ विद्यार्थीलाई पोशाक वितरण शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register