आज जेठ ७ गते तपाईंको राशिफल
मेष: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। शैक्षिक क्षेत्रलगायतका प्रतिस्पर्धामा अगाडि भइनेछ। वृष: धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक [...] The post आज जेठ ७ गते तपाईंको राशिफल appeared first on Jhapa Online.

मेष: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। शैक्षिक क्षेत्रलगायतका प्रतिस्पर्धामा अगाडि भइनेछ।
वृष: धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।
मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको योग छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट: झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटाव हुन सक्छ। मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ। टाढिएका परिवारजनसँग भेट हुनेछ।
सिंह: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ। वैदेशिक कार्य अघि बढ्ला।
कन्या: दिन भाग्यशाली भएर देखा पर्नेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। प्रेम जीवन सामान्य रहनेछ।
तुला: धार्मिक यात्राको योग छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुँजी बजारले साथ दिनेछ। साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।
वृश्चिक: मनमा उत्साहको कमी देखिनेछ। वैदेशिक कार्यमा बाधा आउला। स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। घरबाट निस्कँदा मान्यजनको आशीर्वाद लिएमा ईर्ष्या गर्नेहरू हच्कनेछन्।
धनु: पारिवारिक जीवन सुखमय रहनेछ। प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। गरेको कार्यमा सफलता मिल्ला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा गरेको लगानी खेर जाँदैन। सुखद यात्राको अवसर छ।
मकर: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउला। रोकिएका काम पूरा हुनेछन्। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।
कुम्भ: अतिथिको रूपमा सत्कार पाइएला। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।
मीन: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। चोटपटकको भय छ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। साँझमा भने धन हात पर्न सक्छ।
The post आज जेठ ७ गते तपाईंको राशिफल appeared first on Jhapa Online.
What's Your Reaction?






