बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर’ उपाधि

लन्डन । नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका छन् । इन्डो-ब्रिटिश बिजनेस फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् । नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएवापत उनलाई सो अवार्ड प्रदान गरिएको हो । […]

May 20, 2025 - 17:52
 0
बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर’ उपाधि

लन्डन । नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका छन् ।

इन्डो-ब्रिटिश बिजनेस फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएवापत उनलाई सो अवार्ड प्रदान गरिएको हो । ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड पाएकामा नेपाल फुड्सका निर्देशक नेपालले खुशी र कृतज्ञता व्यक्त गरेका छन् ।

नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो ।

सन् २०१८ देखि शुरु भएको नेपाल फुड्सले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा झण्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफूहरु लागिपरेको हुँदा आफूले पाएको अवार्डले खाद्य उद्योगको प्रतिष्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको निर्देशक नेपालले बताए ।

यो अवार्ड आफ्नो सम्पूर्ण टिमको कडा परिश्रम र मिहिनेतको प्रतिफल भएको उनले बताए । नेपाली उत्पादनलाई उत्कृष्ट र विश्वव्यापीकरण बनाउन आफूलाई थप चुनौती र हौसला बढेको पनि उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register