कनकाईमा युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम शुरु

कनकाई, २७ चैत । अहिले रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो छ । स्वदेशमै रोजगारीको अवसर नहुँदा दैनिकजसो सयौं युवा खाडीको चर्को घाममा पसिना बनाउन जान बाध्य छन् । बढ्दो युवा पलाउन रोक्न झापाको कनकाई नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियान थालेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका नौ वटै वडाका दुई÷दुई जना युवालाई छनोट [...] The post कनकाईमा युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम शुरु appeared first on Jhapa Online.

Apr 9, 2025 - 13:04
 0
कनकाईमा युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम शुरु

कनकाई, २७ चैत । अहिले रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो छ । स्वदेशमै रोजगारीको अवसर नहुँदा दैनिकजसो सयौं युवा खाडीको चर्को घाममा पसिना बनाउन जान बाध्य छन् ।

बढ्दो युवा पलाउन रोक्न झापाको कनकाई नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियान थालेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका नौ वटै वडाका दुई÷दुई जना युवालाई छनोट गरेर स्वदेशमै गरीखाने बनाउन प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको छ ।

आजदेखि ४० जना युवालाई ५० दिने प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको नगरपालिकाका रोजगार संयोजक सरोज मैनालीले जानकारी दिनुभयो ।

कनकाई वडा नं. १ का वडा अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षमा शुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बढ्दो युवा पलायनलाई रोक्न जरुरी रहेको बताउनुहुँदै युवालाई सीपयुक्त बनाउन सके स्वदेशमै टिकाउन सकिने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई तममन लगाएर सीप हासिल गर्न आग्रह गर्नुहुँदै भन्नुभयो, “तपाईंहरु एकदमै दक्ष भएर निस्किनुहोस् ।’

मुलुक निर्माणको आधार स्तम्भका रुपमा रहेका युवा विदेशिने वातावरणको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले युवालाई स्वदेशमै टिकाउने खालका कार्यक्रम सञ्चालनमा ल्याइरहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने स्वदेशै रोजगार बन्न तालिम फलदायी बनोस् भन्ने शुभकामना दिनुभयो । तालिम दिन मानिसहरु प्रतिस्पर्धा गर्ने तर सिकेको सीपलाई व्यवहार नउतार्ने काम पनि भएरकाले प्रशिक्षार्थीले आफूले सिकेको सीप व्यवहारमा लागु गर्न कुनै कसर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो ।

कनकाई–१ का वडाध्यक्ष पोखरेलले युवालाई सीप सिकाएर आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाउन तालिम दिइएको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले युवालाई क्षमतावान बनाउन कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा वडा न १ का वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, हरिकुमार राई, टोल संयोजकसहित ६० बढीको सहभागिता रहेको थियो ।

पाथीभरा प्रोफेसनल एजुकेसन प्रालिको प्राविधिक सहयोग शुरु भएको तालिमको उद्घाटन कार्यक्रमको स्वागत कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम भट्टराई र कार्यक्रमको सञ्चालन कम्पनीका कर्मचारी पिताम्बर सापकोटाले गर्नुभएको थियो ।

तालिमको प्रशिक्षकको रुपमा दीपेन्द्र बिमली र दुर्गा सिटौला रहनुभएको छ । ५० दिने तालिममा ४० दिन सीपमूलक तालिम र १० दिन जीवन उपयोगी शिक्षा प्रदान गरिने जनाइएको छ ।

The post कनकाईमा युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register