टी–२० सिरिजमा नेपालको विजयी सुरुआत
झापा, २७ चैत । नेपालले सहज जितसहित चार देशीय टी–२० सिरिज सुरुआत गरेको छ । बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो । यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा [...] The post टी–२० सिरिजमा नेपालको विजयी सुरुआत appeared first on Jhapa Online.

झापा, २७ चैत । नेपालले सहज जितसहित चार देशीय टी–२० सिरिज सुरुआत गरेको छ । बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो ।
यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो ।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । अर्का ओपनर आसिफ शेखले ३३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याएका हुन् । त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रन थपिदिए । यी दुवै ब्याटर अविजित रहे ।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो । नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो ।
The post टी–२० सिरिजमा नेपालको विजयी सुरुआत appeared first on Jhapa Online.
What's Your Reaction?






